१४ कार्तिक २०८३, शनिबार

राजधानीमा हतियारसहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatiyarकाठमाडौँ, १५ माघ । राजधानीमा एक जना हतियारसहित रंगेहात पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक कालिका–५ घर वताउने ३९ बर्षीय डम्बर बहादुर कार्कीलाई प्रहरीले १२ वोरको बन्दुक १ थान र सोको २ राउण्ड गोली सहित पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा मादक पदार्थ सेवन गरी उक्त हतियार बोकी हिडिरहेको अवस्थामा विहीबार राति महानगरीय प्रहरी वृत कालिमाटीबाट खटीएको गस्ती टोली कार्कीलाई फेला पारेको थियो ।

कार्की कोटेश्वर स्थित कृषि विकास बैंकमा सुरक्षा गार्डको काम गर्ने भन्ने बुझिएको छ ।

यसैगरी होलिया–१ बस्ने २० बर्षीय धनिराम लोनियालाई प्रहरीले शुक्रबार विहान २ थान कटुवा पेस्तोल र सोको छर्रा काटिज ३ थान सहित पक्राउ गरेको छ ।

लोनियाले घरमा अबैध हतियार लुकाई राखेको भन्ने सूचनाको प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घर तलासी गर्दा उनी सुतेको खटियाको बिस्तारामुनि लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल र काटिज बरामद भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।