१ कार्तिक २०८३, शनिबार

सुरजको गीतमा सुष्मा र केवलको यस्तो रोमान्स (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suhma Karki Kewal Bhujel

काठमाडौँ । संचारकर्मी सुरज पौडेल गायनमा डेब्यू भएका छन् ।

‘मनको खुशी’ एल्बममा समावेश उनको पहिलो गीत ‘गोलीले लागेझै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

हाल यस टेलिभिजनमा कार्यरत सुरज स्वयम्ले यो गीतको शब्द लेखेका हुन् । भिषण राईको संगीत रहेको गीतको भिडियोमा हट अभिनेत्री सुष्मा कार्कीले अभिनय गरेकी छिन् । उनलाई मोडल केवल भुजेलले साथ दिएका छन् ।

शंकरअधिकारी घायलको निर्देशन, प्रदिप ज्ञवालीको कोरियोग्राफीमा रामेश्वर हुमागाईंले खिचेको भिडियोमा सुष्मा र केवलको लभ क्यामेस्ट्री देख्न सकिन्छ । युवराज खत्रीको सम्पादन रहेको गीतमा सुष्मालाई केवलले अनेक तरिकाबाट फकाउन खोजिरहेका छन् ।

गायक पौडेलले गायन आफ्नो सानैदेखिको रुची रहेको बताए । ‘यो मेरो पहिलो प्रयास हो । त्यसैले केही कमिकमजोरी भए होलान्,’ उनले भने, ‘क्रमशः आफुलाई निखार्दै जाने सोचमा छु । त्यहीकारण विगत ६ महिनादेखि संगीत शिक्षामा पनि लिइरहेको छुँ ।’

हेर्नुस् भिडियोः