२३ कार्तिक २०८३, सोमबार

मधेस आन्दोलनको प्रतिकार गर्न तराईमा जन्मियो अर्काे शक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hinduकाठमाडौं, १५ माघ । पाँच महिनादेखि तराईमा जारी मधेस आन्दोलन प्रतिकार गर्न नयाँ शक्ति जन्मिएको छ ।

आन्दोलनको नाममा आफ्ना सदस्यहरुलाई दुःख दिएको भन्दै हिन्दू युवा जनशक्ति संघले आन्दोलनको प्रतिकार गर्ने चेतावनी दिएको हो ।

उसले मधेश आन्दोलनको नाउमा भगवान शिव र उनका भक्तहरुको भावना संग खेलवाड गर्ने अधिकार मधेशी मोर्चासंग नभएको भन्दै तत्काल यस्तो कार्य बन्द नगरे शुक्रबार बीरगञ्ज नाकामा आन्दोलनको प्रतिकार गर्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष विकास कुमार ठाकुरले बीरगञ्जको सुख्खा बन्दरगाहमा मोर्चाका केही मुस्लिम शक्तिहरुले बोलबंम कावरियाहरुलाई मधेश आन्दोलनको नाममा उक्साएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले मधेश आन्दोलन र हिन्दु धर्ममाथि आस्था राख्ने व्यक्तिहरुलाई एकसाथ नजोड्न मोर्चालाई भनेका छन् ।

उनले आज वीरगञ्जको सुख्खा बन्दरगाहवाट कांवरियाहरुलाई आफ्नो गन्तव्यतर्फ जान नदिए कडा प्रतिकार गर्ने चेतावनी दिए ।