२३ कार्तिक २०८३, सोमबार

वीरगञ्ज-रक्सौल नाका खुल्यो, मालबाहक गाडीहरु नेपाल भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

वीरगञ्ज, १५ माघ । देशकै प्रमुख वीरगञ्ज-रक्सौल नाका शुक्रबारबाट खुलेको छ ।

शुक्रबार विहानै उक्त नाकाबाट मालबाहक गाडी नेपाल भित्रिएका छन् । धर्नामा बसेका आन्दोलनकारीले नेपाल भित्रिएका गाडी रोकेका छैनन् । यो नाकाबाट नेपालमा ७० प्रतिशत आयात हुने गर्दछ ।

धर्नाकारीले अवरोध नगरेपछि मेसेनरी सामग्री बोकेका गाडी नेपाल भित्रिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- नाकामा धर्नाकारीको उपस्थिती न्यून छ । सवारी साधन निर्वाध रुपमा आवत जावत गरिरहेका छन् ।

उहाँका अनुसार भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रबार बिहान आठ बजेतिर आन्दोलनकारीले धर्ना दिएकै मितेरी पुलबाट वीरगन्ज प्रवेश गरेका हुन् ।

ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज छिरेका हुन् । यस्तै शुक्रबार बिहान वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् ।

Birjung

नाकाबन्दीका कारण वीरगन्जमा लामो समयदेखि अलपत्र परेका एन एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली ट्रकहरु रक्सौल गएका हुन् ।

बिहान देखि जीप, कार लगायतका चार पाङग्रे साना सवारी सधानका साथै टयाम्पो, रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निवर्धारुपमा वीरगन्ज रक्सौल ओहोर दोहोर गरिरहेका छन् ।

मधेस आन्दोलन सुरु भएयता असोज ७ गतेदेखि बन्द रहेको वीरगञ्ज नाकाबाट पाँच महिनापछि पहिलोपटक मालबाहक गाडीहरु नेपाल भित्रिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

भारतीय पक्षसँग कुराकानी गरेर आज बेलुकादेखि नाकालाई थप सहज बनाइने उहाँको भनाई छ ।