१४ कार्तिक २०८३, शनिबार

सुर्खेतमा सुन चोरी गर्ने जाजरकोटमा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailजाजरकोट, १५ माघ । सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीबार पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधबार बिहान चोरी गर्ने सुर्खेत छाप्रे– ६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मगरका साथबाट एक थान औँठी र रु १५ हजार बरामद गरेको छ । श्रेष्ठको घरबाट एक तोलाको मङ्गलसुत्र, १२ आनाको बाला र एक आनाको औँठी चोरी भएको प्रहरीले बताएको छ । रासस