२३ कार्तिक २०८३, सोमबार

उपेन्द्रसँग मेरो विवाद छैन, खसवादी मिडियाको आरोप हो : महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato Upendra Yadavकाठमाडौं, १५ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले उपेन्द्र यादवसँग आफ्नो कुनै झगडा नरहेको दाबी गर्नुभएको छ ।

उहाँले उपेन्द्र यादव र आफूबीचको सम्बन्ध विगार्न खसबादी मिडिया लागेको आरोप लगाउनुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज (शुक्रबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष महताले भन्नुभयो, ‘म र उपेन्द्र यादवबीच विवाद छ भनेर खसवादी मिडियाले लेखेका हुन् । हामीबीच कुनै विवाद छैन ।’

उहाँले मधेसी जनताको अधिकारका लागि मधेसी मोर्चाले मिलेर आन्दोलन गरेको बताउनुभयो । ‘मधेसी जनताको अधिकारका लागि संयुक्त रुपमा आन्दोलन गरेका हौँ’, उहाँले भन्नुभयो, ‘मनपराए पनि, नपराए पनि हामी एक ठाउँमा छौँ ।’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच विवाद रहेको समाचार आइरहेका बेला महतोले विवादको खण्डन गर्नुभएको छ ।