सुर्खेत, १९ वैशाख । राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले आफूहरुले सङ्घीयताको विरोध गरिरहेको भए पनि संविधान बन्ने निश्चित भए बहुजातीय सङ्घीयता मान्न तयार रहेको बताएका छन् ।
सुर्खेतमा आज (शुक्रबार) पत्रकारसँग कुरागर्दै महासचिव नेपालीले संविधान निर्माण नै महत्वपूर्ण भएकाले संविधानका लागि आफूहरुले बहुजाति सङ्घीयतासम्म मान्न तयार रहेको बताए । ‘मूल एजेन्डा संविधान निर्माण गर्नु हो’, उनले भने, ‘संविधान बन्छ भने हामी एकल जातीय हुँदैन, बहुजातीय सङ्घीयतासम्म मान्न तयार छौँ ।’
संविधान निर्माण भए देशले निकास पाउने र राजनीतिक अस्थिरताको पनि अन्त्य हुने उनले बताए । संविधान निर्माणमा सबै राजनीतिक दलहरु केन्द्रित हुनुपर्नेमा नेपालीले बताए ।











प्रतिक्रिया