१४ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति कोइराला गम्भीर बिरामी रहेको श्रेष्ठको खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopalman-Shrestha-Congressकाठमाडौं, १५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सभापति सुशील कोइराला गम्भीर बिरामी हुनु भएको बताउनुभएको छ ।

नेपालवाणी रेडियोमा पत्रकार ऋषि धमलासँग आज (शुक्रबार) बिहान कुरा गर्दै केन्द्रीय सदस्य श्रेष्ठले सभापति कोइरालालाई बिरामी भएकाले आरामको जरुरत रहेको बताउनुभयो ।

‘सभापति सुशील कोइराला बिरामी हुनुहुन्छ । उहाँलाई आरामको जरुरत छ’, उहाँले भन्नुभयो, ‘स्वास्थ्यले गर्दा पनि सुशील कोइरालाले आगामी सभापतिमा उम्मेदवारी दिन सक्नु हुन्न । त्यसैले उहाँलाई आराम गर्न सुझाव दिन्छु ।’ उहाँले कोइरालालाई अर्को कार्यकाल सभापति चलाउन स्वास्थ्यले नदिने बताउनुभयो ।

कोइरालाले १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने मनस्थिति बनाइ रहेका बेला वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिने केन्द्रीय सदस्य श्रेष्ठले सभपाति कोइरालाविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।