काठमाडौँ, १ साउन । साउने संक्रान्ति पर्व आज धुमधामका साथ मुलुकभरी मनाइँदैछ ।
साउने संक्रान्ति नेपालीले असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरूबाट बच्न लुतो फाल्ने परम्पराका रपमा मनाउँदै आएका छन् ।
छालाजन्य रोग दाद, लुतो, खटिरा आदिबाट बच्न कुकुरडाइनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता वनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने प्रचलन छ ।
यसो गदौ लुतो, खटिरा आदि हट्ने विश्वास रहिआएको छ । खेतबारीमा रोग ब्याधि नलागोस् र बालीनालीको उत्पादन बढोस् भन्दै कुरिलो र हरिया वनस्पतीको हर्यालो हाल्ने प्रचलन पनि यही पर्वका अवसरमा गरिन्छ ।
सौर्यमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
त्यस्तै साउन महिनामा खिर पकाएर खाने तथा पराइ घर गएका चेलीबेटीहरूलाई मीठामीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । आजका दिनदेखि महिनाभरि नै हिन्दू नारीहरूले हातमा हरियो चुरा, हरियो साडी र मेहँन्दी लगाउने गर्छन् ।
















प्रतिक्रिया