काठमाडौं, १४ माघ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको थाइल्याण्ड भ्रमण अचानक स्थगित भएको छ ।
बैंककमा उपचार गराइरहेका पार्टीका सचिव वर्षमान पुनको स्वास्थ्यउपचार पश्चात नेपाल ल्याउने विषयमा छलफल गर्न भोलि शुक्रबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने कार्यक्रम थियो ।
पार्टी संगठनको कामको व्यस्तता र मधेसमा आन्दोलनरत पक्षहरुसँग थप छलफल गर्नुपर्ने भएकाले भ्रमण स्थगित भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
सचिव पुनको स्वास्थ्यमा सुधार आउन थालेपछि अहिले अस्पतालबाट डिस्चार्ज भर्इ चिकित्सकहरुको निगरानीमै छन् ।












प्रतिक्रिया