२३ कार्तिक २०८३, सोमबार

फुटबल खेलाडीसँग प्रधानमन्त्रीको सेल्फी (हेर्नुस् फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-pm-Office-7

काठमाडौं, १४ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भोज खुवाएका छन् ।

हालै सम्पन्न बंगबन्धु कपको उपाधि जितेको खुसियालीमा र अर्को महिना भारतको गुहाटीमा अयोजना हुने दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा जान लागेको टोलीलाई शुभकामना दिन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा फुटबल खेलाडीलाई दिवाभोजको आयोजना गरिएको हो ।

कार्यक्रमपछि भोजको बेलामा खेलाडीहरु, अफिसियल र एन्फाका पदाधिकारी प्रधानमन्त्रीसँग सेल्फी खिच्नमा व्यस्त रहे । प्रधानमन्त्री ओली पनि कम थिएनन् खेलाडीहरुले मोबाइल निकालेपछि सेल्फीका लागि पोज दिइहाल्थे । खेलाडीले दिवाभोज खानुको सट्टा सेल्फीमा व्यस्त रहे ।

Football-pm-Office Football-pm-Office-1 Football-pm-Office-2 Football-pm-Office-3 Football-pm-Office-4 Football-pm-Office-5 Football-pm-Office-6  Football-pm-Office8