१४ कार्तिक २०८३, शनिबार

परालभित्र फेला पर्‍यो महिलाको निवस्त्र लास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarlahi-District

सर्लाही, १४ माघ । सर्लाहीमा आधा जलेको अवस्थामा परालभित्र एक महिलाको निवस्त्र शव फेला परेको छ ।

बिहीबार नौकैल्वा–१ स्थित परालभित्र हाल नाम, थर, वतन खुल्न नसकेकी करिब ३५ बर्षीया महिलाको शव आधा जलेको अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उनलाई बलात्कार गरी परालभित्र हालेर जलाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।