१४ कार्तिक २०८३, शनिबार

राष्ट्रिय हलियामुक्ति समाज डोटीको अध्यक्षमा सार्की विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Sarki-Doti– झलक पाली
डोटी, १४ माघ । राष्ट्रिय हलियामुक्ति समाज डोटीको नयाँ कार्यसमितिको अध्यक्षमा भीमबहादुर सार्की विजयी भएका छन् ।

बुधबार अबेर राती भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वि एवं निवर्तमान अध्यक्ष सिता विक र अर्का प्रतिद्वन्द्वी रत्ना कोलीलाई पराजित गर्दै सार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।

सार्कीले कूल खसेको मतमध्ये ६०, उनका प्रतिद्वन्द्वि सिता विकले ३५ र अर्का प्रतिद्वन्द्व रत्ना कोलीले १ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा खगेन्द्र नागरी र सचिवमा कृष्ण विक निर्विरोध चयन भएका छन् । कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा तारा देवी विक विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वि देव बहादुर कामी र राजु कामीलाई पछ्याउँदै उनी विजयी भएकी हुन् । ताराले ५३, देवबहादुरले २४ र राजुले १९ मतप्राप्त गरेका छन् ।

त्यस्तै सदस्यमा पारु आउजी र सरु कोली महिलाबाट निर्विरोध भएका छन् भने अन्य ५ सदस्यका लागि ८ जनाबिचभएको प्रतिष्पर्धामा कृष्ण लुहारले ७८, तारा सार्कीले ६६, गोपालभुल ५३, जय बहादुर दमाईले ४९ र देव बहादुर सार्कीले ४४ मतप्राप्त गरी विजयीभएका छन् ।

त्यस्तै अन्य सदस्यहरु प्रेमबहादुर कोलीले ४१, करन विकले ३९ र मानबहादुर भुलले ३१ मतमात्रै प्राप्त गरेको निर्वाचन समिति संयोजकशंकरदीप मडैले जानकारी दिए ।

बुधबार रातीभएको निर्वाचनको मतपरिणाम विहिबार बिहान ४ बजेतिर सार्वजनिकभएको हो ।

चौथो जिल्लाअधिवेशनकाप्रतिनिधीहरु र आयोजक समेत गरी कूल एक सय २ मतदातामध्ये ९७मत खसेको थियो ।
नवनिर्वाचितकार्यसमितिको कार्यकालआगामी २ वर्षसम्मकालागि रहने छ ।