१ कार्तिक २०८३, आइतबार

सानिमा बैंकको मह जोडिसंग सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maha-Jodi

काठमाडौं, १४ माघ । सानिमा बैंकले कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवद्र्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ ।

उहाँहरु बिगत ४ बर्ष देखी बैंकको ब्राण्ड प्रवद्र्धकका रुपमा आवद्ध हुनुहुन्छ । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहालबीच थप दुई बर्ष ब्राण्ड प्रवद्र्धकको लागि एक समारोहबीच सम्झौता पत्र हस्ताक्षर भएको हो ।

सम्झौता पत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल ज्यूले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताउनुभयो ।

उक्त सम्झौता अवधिमा मह जोडी बंैकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै- टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले जानकारी दिनुभयो ।