
– दिलिप कुमार
सिरहा, १४ माघ । लागु औषध ब्राउन सुगर कारोबारी तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गोलबजार नगरपालिका ६ बस्ने बर्ष २० को भक्ति राई, बर्ष २२ को गोरे भन्ने बिमल छारपने र बर्ष १९ को सुजन थापा मगरलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्रेको हो ।
अबैध लागु औषध बिक्रि बितरण तथा सेवन गरि रहेको गोप्य सूचनाका आधारमा गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेका हो ।
पक्राउ परेकाहरुको साथबाट १ ग्राम २० मिलि ग्राम अबैध लागु औषध (ब्राउन सुगर) तथा नगद ५५ हजार ४१० रुपैयाँका साथै लागु औषध सेवन गर्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरु बरामद भएको प्रहरी निरीक्षक निरौलाले बताए ।
उनका अनुसार मंगलवार पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण अन्तर्गत मुद्दा चलाइएको छ ।












प्रतिक्रिया