सप्तरी, १४ माघ । सप्तरीमा एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।
सखरपुरा–९ बस्ने ३२ बर्षीय दिनेश मुखियालाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई बुधबार कोइलाडी–४ जिरि हटियाबाट कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया