२३ कार्तिक २०८३, सोमबार

राजधानीमा पार्किङमा राखिएको बसमा आगजनी, एक जनाको जलेर मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १४ माघ । राजधानीको ललितपुरमा बसमा आगजनी हुँदा एक जनाको मृत्यु भएको छ ।

ललितपुर उपमहानगरपालिका धोविघाट न्यू कोलोनी नजिक खाली जग्गामा पार्किङ गरी राखेको बा.१ ख ८०६८ नम्वरको मिनिबसमा विहिबार बिहान अचानक आगलागी हुँदा बसभित्र नाम, थर, वतन खुल्न नसकेका १ जना पुरुषको जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

आगलागीबाट बस पूर्ण रुपमा जलेर क्षति भएको छ । आगलागी हुनाको कारण खुल्न सकेको छैन ।

यसैगरी काठमाडौँ महानगरपालिका–२९ संचयकोष चोक अगाडि पार्किङ गरी राखेको बा.४४ प ३८६४ र बा.५२ प १२९७ नम्बरको मोटरसाइकलमा बुधबार राति आगलागी भएर क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।