
काठमाडौं, १४ माघ । मंगलबारदेखि बंगलादेशमा सुरु भएको यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसामू २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बंगलादेशको ढाका मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २३८ रन बनाएको छ ।
नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए । उनले ६५ बल खेलेर ६ चौका प्रहार गरे । आरिफ सेखले ६० बलमा ३९ बनाए । उनले ३ चौका हाने ।
ओपनर सुनील धमला १५ तथा सन्दिप सुनार ३९ रनमा आउट भए । राजवीर सिंह २४, दिपेन्द्र ऐरी १६ र कुशल भुर्तेल ३५ रनको योगदान दिए । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो । उनले पाँच चौका प्रहार गरे ।
न्यूजिल्याण्डका लागि नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेका थिए ।















प्रतिक्रिया