१४ कार्तिक २०८३, शनिबार

जङ्गली हात्ती घाइते अवस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Elephantकञ्चनपुर, १४ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको खडडाकङ्कडमा बुधबार जङ्गली हात्ती घाइते अवस्थामा फेला परेको छ ।

हात्तीको घाउ पुरानो भएर पिप बगिरहेकाले अवस्था गम्भीर रहेको जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो ।

पशु चिकित्सकसहितको वन कार्यालयको टोलीले घाइते हात्तीको प्राथमिक उपचार गरे पनि हात्ती उठ्नै नसक्ने अवस्थामा रहेको जानकारी उहाँले दिनुभयो ।

नेपाल–भारत सीमा क्षेत्रको जङ्गलमा भेटिएको हात्ती घाइते हुनुको कारणबारे अनुसन्धान गरिने कार्यालय प्रमुख शर्माले बताउनुभयो । रासस