१ कार्तिक २०८३, आइतबार

महेन्द्रनगर-दिल्ली बस सेवा सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mnr-Delhi-Bus-Sewa

– डम्मर राज भट्ट
महेन्द्रनगर, १३ माघ । कञ्चनपुरबाट महेन्द्रनगर-दिल्ली बस सेवा सुरु भएको छ । नेपाल र भारतका यातायात व्यावसायीले बुधबारबाट संयुक्त रुपमा नेपालको महेन्द्रनगरदेखि भारतको दिल्लीसम्म बस सेवा शुरु गरेका हुन् ।

(UP33at2535) र ना ५ ख ५१०० नम्बरको बसबाट सेवा शुरु भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै महाकाली सेती यातायात व्यावसायी समितिको आयोजनामा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष दिनेश भण्डारी र भारतकातर्फबाट उत्तर प्रदेश पारवहन गाजियावादका प्रमुख एसपी सिंहले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे ।

सेवा शुरु भएसंगै नेपालको महेन्द्रनगरबाट महाकाली यातायातको एक बस दैनिक दिल्ली जानेछ । त्यसैगरी भारतको उत्तर प्रदेश परिवहनको एक बस दिल्ली जाने छ । बस सेवा सञ्चालन भएसंगै बिभिन्न कामका सिलसिलामा भारतको दिल्ली जाने यात्रुहरुले सुविधा पाएका छन् ।

बसबाट सोझै दिल्लीजान सकिने भएपछि सीमा क्षेत्रमा लुटिने कुटिने र बिभिन्न यातना भोग्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुको विश्वास छ ।

यातायात व्यवसायीका केन्द्रीय अध्यक्ष दिनेश भण्डारीले दिल्ली बस सेवा शुरु भएपछि नेपाली यात्रुहरुका लागि यात्रा सुरक्षित हुने विश्वास गरे ।

भारतीय पारवहानका प्रमुख एसपी सिंहले दिल्लीपश्चात भारतका अन्य शहरमा समेत सेवा बिस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाए । आउँदो दिनमा दैनिक २ बसबाट बृद्धि गरेर ४ भन्दा बढी पुर्याउने र दिवा र रात्री सेवा समेत गरिने उनको भनाई छ ।

महाकाली बस व्यावसाय समितिका अध्यक्ष नविन भट्टले महाकाली यातायातले यात्रुहरुको मर्कालाई बुझेर महेन्द्रनगर–दिल्ली बस सेवा सुरु गरेको जानकारी दिँदै आगामी दिनमा सेवा थप विस्तार गरिने बताए ।