१४ कार्तिक २०८३, शनिबार

पेट्रोल कालोबजारी गर्ने दुई जना पाटनढोकाबाट पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

ललितपुर, १३ माघ । महानगरीय प्रहरी परिसर ललितपुरले पेट्रोल कालोवजारीमा संलग्न खिम दोर्जे लामा र ङेमा लामालाई मंगलबार पक्राउ गरेको छ ।

टेक्सीमा राखी सर्वसाधारणलाई प्रतिलिटर २५० रुपैयाँमा पेट्रोल विक्री वितरण गरिरहेको अवस्थामा पेट्रोल सहित निजहरुलाई ललितपुर पाटनढोकावाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दयानिधी ज्ञवालीले बताउनुभयो ।

दोलखा घर भई ललितपुर चाकुपाट वस्ने खिम दोर्जे लामा र काभ्रे घर भई ललितपुर चाकुपाट बस्ने ङेमा लामाले अवैध रुपमा वढी मुल्यमा पेट्रोल विक्री वितरण गरीरहेको सुचनाको आधारमा निजहरुलाई नियन्त्रणमा लिई कालोबजारी शिर्षक अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको अनुसन्धान प्रमुख तथा प्रहरी प्रबक्ता ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार निजहरुको अन्य संलग्नताको बारेमा थप अनुसन्धान भईरहेको छ ।