१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको कडा भाषणले दिल्लीमा हंगामा ! चीनतिर जाने होकि भन्ने त्रास (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, १३ माघ । मंगलबार(हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी नखोलेसम्म भारत जान्न्’ भन्ने कडा बयान दिएपछि भारतमा हंगामा भएको छ ।

भाषणका क्रममा नाकाबन्दी नखोले चीनतिर लाग्ने संकेत दिएपछि त्यसले राजधानी नयाँ दिल्लीका शासकलाई झन त्रसित तथा चिन्तित बनाएको छ ।

भारतीय च्यानल आजतकले प्रकाशित गरेको समाचारमा ओलीले अब चीनबाट आफ्नो पहिलो विदेश भ्रमण गर्ने सम्भावना बढेको र यो चिन्ताको विषय भएको उल्लेख गरेको छ । समाचारमा परम्परागत रूपमा नेपालका नयाँ प्रधानमन्त्री सबैभन्दा पहिला भारतको भ्रमणमा आउने गरेको भनिएको छ ।

ओली पहिला चीन गए भारतलाई नटेरेको र अपमान गरेको भन्ने सन्देश जनमानसमा जाने भएपछि दिल्लीका शासक प्रधानमन्त्री ओलीको पछिल्लो बोलीबाट त्रसित बनेका हुन् । यद्यपी ओलीले नाकाबन्दी एक–दुई दिनमै अघोषित रुपमा खुल्ने दाबी गरेका छन् । नखुले भारत जान्न भन्नु अर्काे हिसाबले दिल्लीका शासकलाई दिएको चेतावनी जस्तै पनि देखिन्छ ।

भारतीय च्यानल आजतकले भिडियो रिपोर्ट नै प्रशारण गरी ओलीले भारतमा आरोप लगाएको उल्लेख गरेको छ । उसले रिपोर्टमा नाकाबन्दीले नेपालसँग चीन एकदमै नजिकिएको कुरा पनि उल्लेख गरेको छ ।

हेर्नुस् भिडियो र समाचार: (यहाँ क्लिक गर्नुस्)