काठमाडौं । सशस्त्र प्रहरी बलभित्र यतिबेला अख्तियारको भुतले सबै त्रस्त छन् ।
एक बहालवाला र तीन पूर्व आइजिपी भ्रष्टाचार आरोपमा पक्राउ परी अनुसन्धान अघि बढाएपछि सशस्त्रका भ्राष्ट अधिकारीहरुको सातो गएको छ ।
सशस्त्रका हरेक खरिदमा ठूलो भ्रष्टाचार हुँदै आएको थियो । छानबिन गर्न निकायहरुलाई समेतद आर्थिक प्रभावमा पारी संस्थागत भ्रष्टाचार हुने सशस्त्रमा अहिले सानोतिनो खरिदमा पनि फसिएला भन्ने त्रास छ ।
त्यही त्रासले तत्कालीन आइजिपी कोषराज वन्तले अगाडि बढाएको टेण्डर प्रक्रिया कामु आइजिपी दुर्जकुमार राईले रद्द गरिदिएका छन् ।
सशस्त्र प्रहरीले गत मंसिर ९ गते सूचना निकाली १० हजार थान पार्कर ज्याकेट र ४० हजारवटा वेभ बेल्ट खरिद प्रक्रिया अघि बढाएको थियो ।
पूर्ववत सेटिङअनुसार नै उक्त टेन्डर प्रक्रिया अघि बढाएकोमा त्यसमा आफू फस्न सक्ने देखेपछि राईले टेन्डर रद्द गरिदिएका छन् । दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया