२३ कार्तिक २०८३, सोमबार

राजेन्द्र महतोलाई प्रचण्डले गरे फोन, नाका खोल्ने विषयमा यस्तो जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-Rajendra-Mahato

काठमाडौं, १३ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग टेलिफोन वार्ता गरेका छन् ।

मंगलबार दिउँसो भएको फोन वार्तामा नाका खोल्ने विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले आन्दोलनरत मधेसी मोर्चा आबद्ध सद्भावना पार्टीका अध्यक्ष महतोलाई नाका खोल्न आग्रह गरे । उनले महतोलाई आग्रह गरे- ‘संविधान संशोधन भइसक्यो । अन्य विषयमा बसेर छलफल गरौं, सीमांकन र अन्य मागका विषयमा समाधान निकालौं । प्लिज नाकाबन्दी फिर्ता लिनुस् ।’

जवाफमा महतोले तत्काल नाका खोल्नेबारे आफूहरुले सोच बनाइनसकेको बताएको सदभावनाका एक नेताले बताए । संशोधन मोर्चाको सहमतिमा नभएको र सीमांकन लगायका अन्य विषयमा समाधान हुने विश्वास प्रमुख दलहरुले दिलाउन नसकेको भन्दै महतोले गुनासो पोखेको र नाकाबन्दीका विषयमा मोर्चाको आगामी बैठकमा निर्णय लिने कुरा पनि बताए ।