काठमाडौं, १३ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारको कामकारबाहीका विषयमा छलफल गर्न दोस्रो ठूलो सत्तारुढ दल एमाओवादीको स्थायी समितिको बैठक बसेको छ ।
लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको कामको समीक्षा हुनेछ ।
स्रोतका अनुसार नाकाबन्दी र मधेस आन्दोलनका कारण जनताले राहत नपाइरहेको गुनासो बढेपछि एमाओवादीले आफ्ना मन्त्रीहरुको कार्यसम्पादनका विषयमा छलफल गर्न लागेको हो ।
एमाओवादीका मन्त्रीहरुले आआफूहरुले सम्हालेको मन्त्रालयको जिम्मेवारी सकुशल सम्पन्न गरेको दाबी गर्दै आएका छन् ।
त्यसै गरी बैठकमा आन्दोलनरत मधेसी मोर्चा र भारतीय नाकाबन्दी खोल्न गर्ने राजनीतिक प्रयासहरुका विषयमा पनि छलफल हुन सक्नेछ ।












प्रतिक्रिया