
मोरङ, १२ माघ । विराटनगर नगर क्षेत्रभित्र सबै घरमा एकैखालको रङ लगाइने भएको छ ।
अबको दुई वर्षभित्रमा ‘कलर जोन’को विकास गर्न विराटनगर उपमहानगरपालिकाले योजनाअघि बढाएपछि विराटनगरका ४६ हजार घर एकै रङका बनाउन लागिएको हो ।
विराटनगर कलरजोन समितिका संयोजक डा सनत बरालले कलर छनोटको काम भइरहेको जानकारी दिनुभयो ।
छनोट गरिएका रङमा सिम्रिक, गुलाबी, खरानीलगायतका रहेका छन् । छनोटमा परेर समितिबाट छानिएका चारवटा कलरलाई फेसबुक तथा वेबसाइटबाट बढी मत ल्याउने रङ नै विराटनगरको लागि उत्कृष्ट रङ हुने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको भनाइ छ ।
उहाँका अनुसार दुईवर्षे यो कार्यक्रममा सबै नगरवासीको सहभागिता रहने जानकारी दिनुहुँदै रङ खरिदका लागि नगरवासीको लागत रकमको झन्डै ३० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने छ ।
छनोट समितिमा प्रा सनत बराल, उद्योग सङ्गठन मोरङका सुवेस प्याकुरेल, मोरङ व्यापार सङ्घका प्रकाश मुण्दडा, विराटनगर उपमहानगरपालिकाका पुनम दाहाल र टोल नगर समन्वय समितिका राजेश मास्के रहनुभएको छ । रासस















प्रतिक्रिया