– विनोद विष्ट
बैतडी, १२ माघ । बैतडीमा पहिलोपटक एक किसानले पालेको गाईले दुइओटा बाच्छा जन्माएको छ ।
श्रीकोट गाविस २ खिरेगाउ का रामसिंह बिष्टले पालेको गाईले एकैपटक दुई बच्छा जन्माएको हो । गाईले जन्माएको दुई बाच्छामध्ये एक बाच्छा र एक बाच्छी जन्माएको स्थानिय कृष्ण बिष्टले जानकारी दिनुभयो ।
सामान्यतयाः गाई, भैसीले एउटा मात्र बच्चा जन्माउँने गर्छन तर रामले पालेको गाईले दुई वटा बाछा जन्माएको हो ।
रामले पालेको गाईले मंगलबार दुई वटा बाछाको जन्माएको बिष्टले बताउनुभयो ।
मंगलवार ब्याएको गाई र बाच्छाको अवस्था सामान्य रहेको बताईएको छ। हाल रामले पालेको गाईको बच्चालाई हेर्नका लागि स्थानियको घुईचो लागेको छ ।
पशु चिकित्सक नारायण दत्त भट्टले बैतडी जिल्लामै यो पहिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “दुई बाच्छा जन्मिनु कुनै आश्चर्य नभएको र जीनका कारणले कहिलेकाही यस्तो हुने गर्दछ ।’
पेटमा बच्चा विकास हुने क्रममा कोष विभाजित हुँदा यस्तो घटना हुने गर्ने समेत उहाँले बताउनुभयो । रासस













प्रतिक्रिया