१४ कार्तिक २०८३, शनिबार

प्रहरीले आफ्नै कार्यालयभित्र क्यान्टिन राखेर बेच्न थाल्यो सुर्ती !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpur-Cantin (2)

– डम्मर राज भट्ट
महेन्द्रनगर, १२ माघ । जनतालाई मादक पदार्थ सेवन गर्न रोक लगाउने नेपाल प्रहरी आफै जिल्ला प्रहरी हाता भित्रै धुम्रपान, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्ने गरेका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयभित्र रहेको क्यान्टिनमा प्रहरी कर्मचारी बर्दीमै धुम्रपान गरिरहेका छन् । जनताहरुलाई सुर्ती, धुम्रपान, मद्यपान नगर्न भनी जनचेतना फैलाउने र मापसे चेक गर्ने गरेको तर आफू भने दिउँसै कार्यालय हाताभित्रै गुटखा, सूर्ती र धुम्रपान सेवन कार्यालयमा कार्यरत प्रहरीहरु खुलेआम धुम्रपान सेवन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा जाने सेवाग्राहीहरुले त्यस्तो देख्दा के भन्लान त ?

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी तुलसी प्रसाद अधिकारीले प्रहरीहरुको पैसा प्रहरीमै रहने र दुई पैसा सस्तो हुने भनि कार्यालयभित्र क्यान्टिन खोलेका छन् ।

Kanchanpur-Cantin (1)

एसपी अधिकारीले क्यान्टिन चलाउने हवल्दारलाई बोलाएर चुरोट र सूर्ती नबेच्नु पान, गुट्खा, सुपारी, त्यो त सबै खाने गर्ने गर्छन् । मादक पदार्थ सेवन हामीले चेक गर्ने गरेको र हामीले नै धुम्रपान तथा मद्यपान विक्री वितरण गरेमा नकारात्मक सन्देश जाने भएकाले धुम्रपान तथा मद्यपानलाई जिल्ला प्रहरी कार्यालयभित्र बिक्री वितरण गर्न नमिल्ने भनेका छन् ।

जिल्ला प्रहरी कार्यालयभित्र आईतबारदेखि क्यान्टीन सञ्चालनमा आएको छ । कञ्चनपुर जिल्लामा केही प्रहरी कर्मचारीहरुले कहिले व्यापारीहरुलाई ठग्दै, चन्दा असुल्दै त कहिलै कार्यालयभित्रै सर्ती, धुम्रपान, गुट्खासुपारी बिक्री बितरण गर्ने गरेका छन् ।

यसबारेमा सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी माधव नेपालले भने धुम्रपान, चुरोट, गुट्खा, सुर्तीजन्य पदार्थ क्यान्टीनमा वा प्रहरी कार्यालयमा बिक्री वितरण गर्न नमिल्ने बताउँछन् ।