
– नरेश केसी
भैरहवा, १३ माघ । भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा २७ प्रतिशत राज्स्व बढी संकलन गरेको जनाएको छ ।
देशभरका अन्य भन्सार नाका भारतीय अघोषीत नाकाबन्दी र मधेस आन्दोलनका कारण बन्द भएता पनि भैरहवा भन्सार नाका भने छिटफुट रुपमा सुचारु नै छ । अन्य नाकामा पुगेर पुनः रि रुट भएर पनि भैरहवा भन्सार नाकाबाट सामग्री आयत हुदां विषम परिस्थीतिकाबीच पनि राजस्व बढेको हो ।
भन्सार कार्यलयले चालु आर्थिक वर्ष ०७२/०७३ को पौष मसान्त सम्म १७ अरब ५९ करोड ७९ लाख ७० हजार राजस्व संकलन गरेको छ । पौष मसान्त सम्म भैरहवा भन्सार कार्यलयले १३ अरब ८५ करोड ४९ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो । कुल लक्ष्यको १ सय २७ दशमलब ०३ प्रतिशत राजस्व असुली भएको भन्सार कार्यलय प्रमुख लाबण्य ढकालले जनाए । कार्यलयले साउन महिनामा लक्ष्य भन्दा ८ दशमब ५४ प्रतिशत बढी, भाद्र महिनामा ९ दशमलब ४४ प्रतिशत कम, असोज महिनामा ३३ दशमलब ५८ प्रतिशतले कम, कार्तिक महिनामा २० दशमलब ९० प्रतिशतले कम, मंसिर महिनामा ३१ दशमलब २५ प्रतिशतले बढी र पौष महिनामा १ सय ८० दशमलब २० प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ढकालले जनाए ।
यसैबीच ६४ औ अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार नेपालकै दोस्रो ठुलो भन्सार नाकाको रुपमा समेत परिचीत भैरहवा भन्सार कार्यलयले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले नेपालको विषम परिस्थीतिमा भैरहवा भन्सार कार्यलयले खेलेको भूमीका प्रशंसनीय भएको जनाए । उक्त अवसरमा भैरहवा भन्सार कार्यलयका प्रमुख ढकालले ‘डिजीटल कस्टम्स,प्रोग्रेसिभ इन्गेजमेन्ट ’अनुसार यो दिवस मनाइएको जनाए । उनले भने अब केही दिनमै घरबाटै भन्सारको फर्म भर्न सकिनेछ ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारी , एजेन्टलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा भन्सार अधिकृत रबिन्द्र प्याकुरेललाई डब्लुसिओ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहायक ज्ञान बहादुर कुमाल, उत्कृष्ट भन्सार एजेन्टका रुपमा होलिडे कस्टम क्लियरींग एजेन्टका बिष्णु प्रसाद शर्मा सम्मानित हुनु भएको थियो । त्यस्तै गरी आयात निर्यात ब्यापारमा सहजीकरण गर्ने नेपाल इन्टरमोडल यातायात भैरहवाका ब्यबस्थापक रबि पारीखलाई पनि सम्मानित गरीएको थियो ।
भन्सार दिवसको अवसर पारेर सम्पन्न अन्तरकर्मचारी तथा भन्सार एजेन्ट बिच ब्याडमिन्टन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, पहीलो सेवाग्राही लाई सम्मान एबं भन्सार दिवसका दिन स्थलनाका बेलहिया हुदै आउने पहीलो पर्यटकलाई स्वागत एबं सम्मान का साथै अन्तरक्रृया एबं उत्कृष्ट कर्मचारी लाई सम्मान एबं पुरस्कृत गरेको थियो ।

त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने भन्सार एजेन्ट टिमका बिष्णु प्रसाद शर्मा र दिपेन्द्र मान श्रेष्ठ,द्धितिय हुने भन्सार कार्यालयका गणेश प्रसाद अर्याल र रोशन राईको समुह तथा तृतिय हुने भन्सार कार्यालयकै गोपाल भट्राई र खम्बलाल बोहोरा तथा बिष्णु प्रसाद चौधरी र ज्ञान बहादुर कुमाललाई पनि पुरस्कार र कदर पत्रद्धारा सम्मानित गरीएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा,भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद घिमिरे सम्मानित भन्सार एजेन्ट बिष्णु प्रसाद शर्मा लगायतले मन्तब्य राख्दै बर्तमान प्रतिकुल अबस्थामा धेरै चुनौतीका बाबजुद यो कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्दै आयात निर्यात र ब्यापारी सहजीकरणमा राम्रो कार्य गर्न सफल भएको बताए ।















प्रतिक्रिया