२३ कार्तिक २०८३, सोमबार

फेसबुकबाट प्रधानमन्त्री पनि ठगिए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जाल फेसबुकबाट ठगिएका छन् ।

आफ्नो नामबाट नक्कली एकाउण्ट बनाएर फेसबुक सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार आफ्नो सचिवालयमार्फत ध्यानाकर्षण जनाएका छन् ।

‘प्रधानमन्त्री ओलीको नाममा फेक आईडीप्रयोग गरी फेसबुक सञ्चालन भईरहेकोमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । PM KP OLI को नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीज्यूको नरहेको जानकारी गराउँदछौं,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दाहालका अनुसार प्रधानमन्त्री ओलीको व्यक्तिगत र अफिसियल कुनै पनि फेसबुक एकाउन्ट सञ्चालनमा गरिएको छैन् । ‘उहाँको व्यक्तिगत फेसबुक र ट्विट्र एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोष्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन सबैमा आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

हाल प्रधानमन्त्री ओलीको अफिसियल ट्वीटर @pm_nepal मात्र सञ्चालनमा रहेको प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।