काठमाडौं, १२ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनबाट पारित भएको संविधान संशोधनको प्रस्तावको विपक्षमा उपप्रधानमन्त्री चित्रबहादुर केसीले मतदान गरेको भन्दै सरकारको चर्को आलोचना गरेको छ ।
संसदमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद रमेश लेखकले भन्नुभयो, ‘सरकारले आफैले दर्ता गराएको र पारित गरेको संविधान संशोधनको विधेयकको विपक्षमा आफ्नै उपप्रधानमन्त्रीले मतदान गर्नु यो कहाँको लोकतन्त्र हो ?’
उपप्रधानमन्त्री चित्रबहादुर केसीले संविधान संशोधनको विधेयकको विपक्षीमा मतदान गर्नुभएको थियो ।
उहाँले अगाडि भन्नुभयो, ‘संशोधन प्रस्तावमा मतदान प्रक्रिया भयो । यसमा मतदान हुँदा उपप्रधानमन्त्रीले मतदान गरेनन् । यो संसदीय व्यवस्था हो की भद्रगोल व्यवस्था बनाउन खोजिएको हो ?’
‘विपक्षमा मतदान गर्ने चित्रबहादुर केसीले आफ्नै कानुनमन्त्री अग्नि खरेलले प्रस्तावको विपक्षमा मतदान गरेर लोकतन्त्रको उपहास गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्री चित्रबहादुर केसीले विपक्षमा मतदान गर्ने यो कार्य अचम्मको भएको छ ।’
संसद चल्दा गणपूरक संख्या नपुगेको विषयमा विपक्षी दलको कुनै सरोकारको विषय नहुने उहाँले बताउनुभयो । ‘गणपूरक संख्या नपुग्दा सरकारले प्रतिपक्षमा हेर्ने होइन । आफ्नैभित्र हेर्ने हो’, कांग्रेस सांसद लेखकले भन्नुभयो, ‘यो सरकार कहाँनेर छ ? आधा मन्त्री एकतातिर मतदान गर्ने । अर्को मन्त्री अर्कोतिर मतदान गर्ने । यो सरकार के हो ? काहाँ छ ?’
सांसद लेखकले सरकारको यस्तै अवस्था रहे चुट्किले सरकार भन्लान् भनने खतरा रहेको बताउनुभयो ।
रङ्गेली घटना एमालेले गराएको हो
एमाओवादीका सांसद अमनलाल मोदीले मोरङ्को रङ्गेली घटना अत्यन्तै दुःखद रहेको भन्दै चिन्ता जनाउनुभएको छ । उहाँले देशमा जटिल परिस्थितिमा रहेकोभन्दै भूकम्पबाट पीडित जनताको माग सुनुवाइ गर्न नसकेको बताउनुभयो ।
उहाँले तराईका जिल्लामा शीतलहरले जनता पीडित हुँदा पनि राहत नदिएको गुनासो गर्नुभयो ।
रङ्गेली घटना सत्तारुढ दल एमालेको युवा संघले गराएको उहाँले आरोप लगाउनुभयो । युवा संघलाई कार्यक्रम नगर्न सुझाव दिएको स्मरण गर्दै सांसद मोदीले भन्नुभयो, ‘सत्तारुढ दलका युवाहरूले प्रतिष्ठाको विषय बनाइयो । रङ्गेली घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । त्यसको जवाफ सम्बन्धी पार्टीले लिएर जवाफ दिनुपर्छ ।’
सरकारको नेतृत्व गरेकै दलका युवाहरूका कारण रङ्गेली घटना भएकोभन्दै सांसद मोदीले भन्नुभयो, ‘सरकारको नेतृत्व गरेको दलबाट भएको यो घटनाको छानविन अनिवार्य भएको छ ।’
संसदको बैठक स्थगित माघ २८ सम्म स्थगित
यसैबीच, संसदको बैठक माघ २८ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेसको गाउँ र नगर महाधिवेशन परेकाले संसदको बैठक माघ २८ गते ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।












प्रतिक्रिया