
काठमाडौँ, १२ माघ । जागिर लगाइदिने भन्दै ठग्ने एक कृषि प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्धामा विशेष अदालत काठमाडौंको २०७२ साल असोज २२ गतेको फैसलाले ६ महिना कैद तथा ३ लाख ९७ हजार रुपैयाँ जरीवाना ठहर भई वेरुजु रहेको काठमाडौं मनमैजु–९ बालाजु बस्ने नेपाल कृषि अनुसन्धान परिषद सिंहदरवारका प्राविधिक सहायक ५३ वर्षीया गौरीमाया घिमिरे (रेग्मी) लाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको टोलीले माघ १० गते सिंहदरवारबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रहरीले घिमिरेलाई फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा आदलतले बेरुजु कैद भुक्तानको लागि सोमबार कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।
घिमिरेले आर्थिक वर्ष २०६९-७० मा खुलेको नेपाल कृषि अनुसन्धान परिषदमा प्राविधिक सहायक पदको पदपुर्ति सम्बन्धी विज्ञापन अनुसार दरखास्त दिन पुगेका नगेन्द्र घिमिरे सहित पाँचजनालाई सोही पदमा जागिर लगाई दिने प्रलोभनमा पारी निजहरुबाट ३ लाख ९७ हजार रुपयाँ घुस लिई ठगी गरेकी थिइन् ।












प्रतिक्रिया