२३ कार्तिक २०८३, सोमबार

एक-दुई दिनभित्र नाकाबन्दी खुल्ने प्रधानमन्त्रीको ठोकुवा, नखुले चीनतिर लाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-pm

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाका अवरोध समस्या चाँडै समाधान हुने बताउनुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधनमार्फत मधेस आन्दोलन सम्बोधन भइसकेकोले अब नाकाबन्दी खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो- अब नाकाबन्दी एक–दुई दिनभित्रै खुल्छ । सबैको माग पुरा भइसकेको छ । नभएकाहरुको वार्ता र सम्वादबाटै समाधान गर्छाै ।’ घोषित नाकाबन्दी नभएकाले अघोषितरुपमै नाकाबन्दी हट्ने उहाँको बिश्वास थियो ।

मधेस आन्दोलनका अधिकांश मागहरु पुरा भइसकेकोले अब आन्दोलन गरिरहन आवश्यक नरहेको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलनकारीले अब नाकामा धर्ना नदिने बताउनुभयो ।

मधेसवादी दलहरुसँग सल्लाह गरेर नै संविधान संशोधन गरेको ओलीको दाबी छ । संविधान संशोधनपछि अब विस्तारै मुलुक सहज अवस्थामा फर्किने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको अवस्था सामान्य भएपछि मात्रै आफू भारत जाने भन्दै ओलीले नाकाबन्दी नखुले चीनतिर लाग्ने संकेत दिनुभयो । उहाँले भन्नुभयो- नाकाबन्दी नखोली कही जान्न, अवस्था सामान्य नभइकन जाने कुरा आउँदैन । अन्य छिमेकीसँग सम्बन्ध बढाउने कार्य अघि बढ्छ ।’