२३ कार्तिक २०८३, सोमबार

नेपालको नयाँ संविधानको पहिलो संशोधनमा चीनले पनि जनायो यस्तो प्रतिक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hua Chunying china
प्रवक्ता हुजा चुनिइङ

काठमाडौं, १२ माघ । गत शनिबार राति भएको नेपालको नयाँ संविधानको पहिलो संशोधनमा उत्तरी छिमेकी चीनले पनि चाँसो व्यक्त गरेको छ ।

सोमबार संविधान संशोधन कार्यको स्वागत गर्दै चीनले वार्ता र सम्वादबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । उसले संशोधन कदमलाई सहमतिको उत्तम प्रयास भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुजा चुनिइङले सोमबारको नियमित पत्रकार सम्मेलनमा नेपालको संविधान संशोधनबारे सोधिएको प्रश्नमा जवाफ दिँदै नेपालको अवस्थालाई चीनले नजिकबाट नियालिरहेको बताइन् ।

उनले नेपालका सबै राजनीतिक दलले देश र जनताको हितलाई केन्द्रमा राखेर वार्ता र सम्वादबाटै विमतिहरु छिट्टै हटाउने चीनको विश्वास रहेको बताइन् ।

नेपालमा छिट्टै स्थिरता कायम गरेर पुनर्निर्माण र विकासको कामहरु द्रुत गतिमा अगाडि बढोस् भन्ने चीनको मान्यता रहेको र चीन सधै नेपालको साथमा रहेको उनको भनाई थियो ।

यसअघि दक्षिण छिमेकी भारतले संविधान संशोधन कदमको स्वागत गरेको थियो । दलहरुले मधेसको माग सम्बोधनका लागि शनिबार राति दुई बुँदामा संशोधन गरेका थिए ।