१४ कार्तिक २०८३, शनिबार

डोटी जेसिजमा कठायत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jcl

डोटी, माघ १२ गते । नेपाल जेसिजको शाखा डोटी जेसिजको जिल्ला अबिधेशन सिलगढीमा सम्पन्न भएको छ ।

बार्षिक जिल्ला अधिवेशनले युवा ब्यबसायी केशर कठायतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा कार्यकारी उपाध्यक्षहरुमा डिलबहादुर सिंह र खगेन्द्र सिंह, उपाध्यक्षहरुमा सुरेन्द्र भट्ट, जवराज जोशी, लालबहादुर बिक र प्रकाश बम चयन हुनु भएको छ ।

डोटी जेसिजका नवनिर्वाचित अध्यक्ष केशर कठायतका अनुसार अबिधेशन मार्फत युवाहरुको क्षमता बिकास, यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार, शाखाको संस्थागत बिकास लगायतका बिषयमा छलफल र प्रस्तावहरु पारित गरिएका छन् ।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकारको चयन नयां कार्यसमितीको पहिलो बैठकले गर्ने बताईएको छ ।