१४ कार्तिक २०८३, शनिबार

किर्ते सर्टिफिकेटधारी सर्ट–लिष्टमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dailekh_districtदैलेख, १२ माघ । दैलेखमा सेवक नामको एक गैरसरकारी संस्थाले सञ्चालन गर्न लागेको पहल परियोजनामा किर्ते सर्टिफिकेटधारीलाई सर्ट–लिष्टमा राखिएको खुलेको छ ।

संस्थासंग आवद्ध ३ जना व्यक्तिलाई जागिर पक्का गराउने गरी सर्ट–लिष्टमा पारिएको भन्दै प्रतिस्पर्धीहरुको आरोप छ ।

प्रतिस्पर्धामा जित्न सक्ने सक्षम दर्जनौं आवेदकहरुलाई हटाएर किर्ते सर्टिफिकेटधारीलाई सर्ट–लिष्टमा राखिएको भन्दै परीक्षा स्थगनसंगै छानबिन गरी दिन सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखमा उजुरी परेको छ ।

यूएसआईएडीको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको पहल परियोजनाका साझेदार संस्था मर्सीकोर, आईडीईलाई समेत कारबाहीका लागि अनुरोध गर्दा पनि खास चासो नदेखाएपछि न्यायको लागि जिल्ला प्रशासन उजुरी दिनु परेको अमर सुनारले जानकारी दिनुभयो ।

सर्ट–लिष्टमा परेका ३ जनाको त्यस्तो किर्ते सर्टिफिकेट भएको सुनारको दाबी छ । सबै भन्दा महत्वपूर्ण कुरा ती सबै सेवक संस्थासंग सम्वद्ध व्यक्ति हुन् । सर्टिफिकेट किर्ते बारे सोधिएको प्रश्नमा संस्थाका अध्यक्ष महारुप खत्रीले आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

पहल परियोजनामा ५ अधिकृत तह, प्राविधिक र सामाजिक परिचालक समेत १७ जनाको लागि दरखास्त आह्वान गरिएको थियो । विभिन्न पदमा करिव २ सयको आवेदन परेकामा अहिलेसम्म जानकारीमा आएका ३ जना सर्टलिष्टमा पारिनु संस्थाको कुदृष्टी भल्किएको छ ।

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष समेत रहेका अध्यक्ष महारुप खत्री सेवक संस्थाले एसडीसीको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना सञ्चालन गरेको छ ।