बार्सिलोना । बाध्यताले गर्दा नेपाल छाडेर विदेशतिर आएका नेपाली कलाकारहरुले नेपाली सांगीतिक यात्रालाई भने निरन्तरता दिई रहेका छन् ।
युरोपमा रहेर पनि सक्रिय रुपमा गायन यात्रामा लागि परेका गायक तुलसी शिवाकोटीले फेरि नयाँ गीत दर्शक स्रोता माँझ ल्याउँदै आफ्नो निरन्तरतालाई कायम राखेका हुन् । आफ्नै आबाजमा रहेको गीत ‘पिपल पाते ओठैले, मुसु मुसु हाँसेर’ बोलको गीतलाई गायक शिवाकोटीले भिडियो सहित सार्बजनिक गरेका छन् ।
स्पेनको बार्सिलोनामा बस्दै आएका गायक शिवाकोटीले पछिल्ला दिनहरुमा स्पेनबाट नै गीत रेकर्ड गर्दै साँगीतिक यात्रामा निरन्तरता दिईरहेका छन् । उनको पछिल्लो गीतमा श्रीराम अधिकारीको रचना तथा रियाज शिवाकोटीको संगीत रहेको छ ।
यादास लिम्बुले निर्देशन गर्दै भिडियोलाई बहराईनबाट तयार गरेका हुन् । भिडियोमा प्रकाश पाठक र रन्जिता बस्नेतले अभिनय गरेका छन् । यसअघि आधुनिक लयमा वियोगान्त गीतहरु गाएका शिवाकोटीले यस पटक भने लोकपपमा आधारित गीत गाएका हुन् ।
गायक शिवाकोटी पछिल्लो क्रममा स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त बनेका छन्। साईप्रसमा मात्र दुई पटक सम्म कन्सर्टका लागि पुगेका उनले गायक राजु लामा,धिरज राई,हिमाल सागरसँगै प्रस्तुती दिएका थिए। स्पेनमा हुने प्रायस्कार्यक्रमहरुमा पनि देखिने शिवाकोटी नेपाली नयाँ बर्षमा बहराईन पुग्ने भएका छन्। अन्तराष्ट्रिय कलाकार मञ्च बहराईन शाखाले आउँदो अप्रिल १५ तारिक साँगितिक कार्यक्रमको आयोजना गर्दै छ।
https://www.youtube.com/watch?v=hCkIcc-ppxM















प्रतिक्रिया