१ कार्तिक २०८३, शनिबार

उदितनारायणलाई भारतले दियो पद्मभूषण पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

udit-naryan

काठमाडौं । नेपाली गायक उदितनारायण झालाई भारत सरकारले पद्मभूषण दिएको छ ।

नेपाल हुँदै गायनको क्षेत्रमा भारत पसेका झाले ३५ वर्षपछि सोमबार भारतको २६औं गणतन्त्र दिवसका अवसरमा सम्मानित पद्मभूषण पुरस्कार पाएका हुन् । यो भारत सरकारले दिने तेस्रो सर्वोच्च नागरिक सम्मान हो ।

सप्तरीको भारदह घर भएका गायक उदितनारायण लामो समयदेखि बलिउडको फिल्म संगीतमा क्रियाशील छन् । उनले थुप्रै नेपाली गीत पनि गाएका छन् ।

उदितनारायसँगै चर्चित अभिनेता रजनीकान्त, मिडिया उद्योगी रामोजी राव र अध्यात्मीक गुरु रविशंकरलाई भारतको दोस्रो ठूलो सम्मानित पुरस्कार पद्मविभूषण प्रदान गरिएको छ ।

भारतकी ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेरले पनि उक्त उक्त पुरस्कार पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्योगी धिरुभाई अम्बानीले पनि मरणोपरान्त पद्म विभूषण पाएका छन् ।