१ कार्तिक २०८३, शनिबार

बाबुरामको नयाँ शक्तिमा लागेका कलाकारलाई दिपकराज गिरीको कडा सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-raj-giri

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति अभियानमा लागेका कलाकारलाई चर्चित अभिनेता दिपकराज गिरीले निकै उदाहरणीय सुझाव दिएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट सशंकित सुझाव भन्दै कलाकारलाई राजनीतिक दलले निर्वाचनका बेला प्रयोग मात्रै गर्ने गरेको भन्दै सफल हुन शुभकामना दिएका छन् ।

आइतबार घोषणा भएको बाबुरामको नयाँ शक्तिको प्रथम राष्ट्रिय परिषदमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेता सरोज खनाल र अशोक शर्मा रहेका छन् ।

यस्तो छ दिपकराजको सुझावः

करिश्मा, सरोज खनाल र अशोक शर्मा ज्यू
नयाँ बाटोको लागि सशंकित शुभकामना
मानिस स्वतन्त्र छ, बिचार अभिब्यक्तिका लागि वा आफूले अंगीकार गर्ने हर कदमका लागि ।

तपाइहरू कलाकर्ममा म भन्दा बढी पोख्त हुनुहुन्छ यस हिसाबले आदरणीय पनि हुनुहुन्छ तर तपाइहरूको पछिल्लो राजनैतिक कदम पनि तपाइहरूको अभिनय जस्तै सटिक होस यहि कामना गर्दछु । तर… बिगत केलाउने हो भने हाम्रो मुलुकमा कलाकारहरूको दल प्रवेश केबल जगत हसाउने खेल मात्र साबित भयो, दलहरूले कलाकारलाई (गकभ ल तजचयध) वाला दाँत माझ्ने ब्रसको रूपमा प्रयोग गरे, चुनाब छञ्जेल दाँत माँझे, त्यसपछि हुतियाइ दिए… एउटा यस्तो कलाकारको नाम भन्नुस् जसले दलमा लागेर आफ्नो वा देशको लागि केहि बिशेष उल्लेख्य परिणाम दिएको होस… जीबनभर पार्टीका गीत गाएर हिडेका ती दिग्गजहरू आज अभावै अभाव झेल्दै पछुतोपूर्ण जीबन बिताइरहेछन् न पार्टीले याद गर्छ न मुलुकले ।

पछिल्लो दिनमा रेखा, भुवन केसी आदिका नाम खुब चर्चामा रहे तर ती सबै चर्चा र अपेक्षाहरू निर्वाचनसंगै स्खलित भए, यसमा दुइ कारणहरू छन् या त हामी कलाकारहरूसंग पर्याप्त राजनीतिक ज्ञानको अभाब छ या त दलहरू हाम्रो लोकप्रियतालाई केबल टिकट वा केही अबसरहरूसंग बिनिमय मात्र गर्न चाहन्छन् । त्यसैले हाम्रो यो दल प्रबेश बर्षोदेखि भुत्ते साबित हुँदै आएको तीतो यथार्थ हामीसंग ज्यूदै छ…. हाम्रो हैसियत केबल राजा महाराजाका आगमनमा प्रस्तुत गर्ने गाना बजाना गर्दा भिड बटुल्ने नर्तक नर्तकिको मात्र नहोस ।

तपाइहरूको दल प्रवेश आफ्ना र मूलूकका लागि फलदायी होस, आफ्नो ब्यक्तिगत मेहनतले बनाउनु भएको आफ्नो प्रतिष्ठालाई एउटा दल र बिचारमा समाहित तुल्याउनु भएको छ यो तपाइहरूको निर्णय सहि साबित हुँदै एक दिन हामी सम्पूर्ण कलाकारले गौरब गर्न लायक होस बिगत सम्झदै ससंकित हुँदै यो शुभकामना ब्यक्त गर्दछु !!!!!!!!