१ कार्तिक २०८३, शनिबार

मुन्द्रे भए नेपाल एयरलाइन्सका ब्राण्ड एम्बेस्डर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mundre

काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । एक कार्यक्रमकाबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले मुन्द्रेलाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै उनले निगमले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै मुन्द्रेले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारीस गर्ने संकल्प गरेका छन् ।

नेपाली अर्थतन्त्र र पर्यटन क्षेत्रको विकासमा वायु सेवा निगमको ठूलो भुमिका हुने भन्दै उनले सेवा विस्तार गर्नु पर्ने आवश्यकता पनि औँल्याएका छन् ।

कलाकारहरुको टोलीमार्फत विभिन्न साँस्कृतिक कार्यक्रम सञ्चालन गरेर पनि सेवाग्राहीहरुको संख्या बढाउन सकिने उनको भनाई छ ।