१४ कार्तिक २०८३, शनिबार

मालिका–कालिका यातायात प्रालिले सेवा बिस्तार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busतुलसीपुर, ११ मघ । मध्यपश्चिमको मालिका–कालिका यातायात प्रालिले सेवा बिस्तार गर्ने तयारी गरेको छ ।

पुस १८ गतेदेखी दाङदेखि काठमाडौंसम्म डिलक्स बस सञ्चालन गर्दै आएको प्रालिले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी देशभर सेवा विस्तार गर्ने जनाएको हो ।

मालिका–कालिका यातायातका महासचिव गेहेन्द्र वलीले अबको केही हप्तामै सवारी थप गरी तुलसीपुरदेखी घोराही, लमही भालुबाङ, नेपालगन्ज, पश्चिममा महेन्द्रनगर, धनगढी रुटमा सुबिधा सम्पन्न गाडी चलाउने जानकारी दिनुभयो ।

प्रालिले पूर्वी नेपालका पोखरा, बिराटनगर, विरगन्ज लगायतका स्थानमा पनि तुलसीपुरबाट गाडी संचालन गर्ने महासचिव वलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।