२३ कार्तिक २०८३, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठकः सरकारसँग राख्यो नयाँ माग, मोर्चालाई भन्यो- हामीलाई छाडिदिनुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congres-3

– विमल योगी
काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग नयाँ माग राखेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकालाई व्यवस्थापिका संसदको बैठक स्थगित गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

यसअघि मधेसी मोर्चाले अवरुद्ध गर्दै संसद बैठकलाई चैतसम्मका लागि स्थगित गर्न सरकालाई आग्रह गर्ने निर्णय गरेको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- कांग्रेसको १३ औं महाधिवेशनको तयारी तथा सम्पन्न गर्नुपर्ने भएकाले आगामी चैत महिनासम्म संसद बैठक स्थगित गर्ने आग्रह गर्ने निर्णय भएको छ । त्यो समयमा हाम्रा नेता, सांसद सबै महाधिवेशनमा व्यस्त हुने भएकाले यस्तो निर्णयमा पुगेका हौं ।’ संसदमा कांग्रेसका २ सय भन्दा बढी सांसद छन् ।

यसैगरी कांग्रेसले मधेसी मोर्चालाई महाधिवेशनमा गर्न सहयोग गरेको छ । ‘मोर्चाका नेताहरुलाई सहज वातावरण बनाइदिन आग्रह गर्ने निर्णय भएको छ । उहाँहरुलाई हाम्रो कार्यक्रमहरु अवरोध नगर्न, खुल्ला छाडिदिन आग्रह गर्छाै ।’

यसैगरी कांग्रेसको केन्द्रिय समितिले ११ र १२ औं अधिवेशनबाट लगातार दुई कार्यकाल जिल्ला सभापति भएका व्यक्ति यसपटक १३ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । तर, क्षेत्र र गाउँमा भने यो नियम लागु हुने छैन ।

उहाँले भन्नुभयो- ‘नयाँ युवाहरु जिल्ला नेतृत्वमा आउनुपर्छ भनेर दुईपटक सभापति भएकाले अब उम्मेदवारी दिन नपाउने व्यवस्था पार्टीले लागू गरेको हो ।’

उहाँले कांग्रेसको महाधिवेशन सर्ने कुरा हल्ला मात्रै भएको बताउँदै कुनै हालतमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताउनुभयो ।