२३ कार्तिक २०८३, सोमबार

स्पेनमा पनि शक्तिशाली भूकम्प, ६.६ म्याग्नेच्युडको धक्काले धेरै क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेनको मेलिलियामा भूकम्पले भत्किएको घर ।
स्पेनको मेलिलियामा भूकम्पले भत्किएको घर ।

काठमाडौं, ११ माघ । अमेरिकामा भूकम्प गएको २४ घण्टा नबित्दै सोमबार स्पेनमा पनि शक्तिशाली भूकम्प गएको छ ।

स्पेनको मालागाबाट १६२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने मेलिलियालाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट त्यहाँ केही घरहरु चर्किएका छन् भने के कति घाइते वा हताहत भए भन्ने विवरण भने आइसकेको छैन ।

यसअघि आइतबार अपराह्न ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन् ।

Earthquake_Spain
स्पेनको मेलिलियामा भूकम्पले भत्किएको घर ।