१४ कार्तिक २०८३, शनिबार

धनगढीमा फाया नेपालको २२ औं वार्षिकोत्सव, थप सामाजिक कार्यमा जोड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Faya-DHn (1)

धनगढी, ११ माघ । प्राध्यापक डाक्टर हेमराज पन्तले राष्ट्र निर्माणका साथै सामाजिक रूपान्तरणमा नागरिक समाजको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

प्रा.डा. पन्तले नागरिक समाज बलियो भएको ठाउँमा सामाजिक विकृति, बिसंगतिहरू पनि कम हुँदै जाने चर्चा गरे । आइतबार धनगढीमा जनचेतना तथा युवा जागरण मञ्च, नेपाल (फाया नेपाल) को २२ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै उनले राज्य एक्लैले मात्र सबै समस्याको समाधान गर्न सम्भव नहुने भएकोले गैरसरकारी संस्थाहरूसहित नागरिक समाजको सहयोग आवश्यक रहेको बताए ।

Faya-DHn (3)

प्राध्यापक डाक्टर पन्तले कानून बलियो बनाएर मात्रै सबै समस्याको समाधान गर्न नसकिने बताए । उनले भने– ‘कानून कडा बनाएर मात्रै समस्या समाधान हुँदैन, सामाजिक जागरण तथा जनचेतना बृद्धि पनि उत्तिकै आवश्यक हुन्छ ।’ उनले स्थापनाकालदेखि नै सशक्त ढंगले क्रियाशील रहेको फाया नेपाल सुदूरपश्चिमको अग्रणीमध्येको गैरसरकारी संस्थाका रूपमा स्थापित भइसकेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार पूर्व सांसद महेश्वर पाठकले फाया नेपाल समाजका लागि अनुकरणीय बन्दै गएको चर्चा गरे । उनले फायाले आफ्नो संस्थालाई सामाजिक विश्व विद्यालय वनाउने लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गरे ।

पूर्व सांसद पाठकले सामाजिक जागरण र सामाजिक रूपान्तरणमा फाया नेपालको भूमिका उच्चकोटीको रहेको बताउदै फायाको कामले आफू सल्लाहकार हैसियतमा गौरावान्वित भएको वताए ।

Faya-DHn (4)

कार्यक्रममा एमालेका जिल्ला सचिव रणबहादुर चन्द, कांग्रेसका नेता केशव मिश्र, एमाओवादीका नेता सूर्य सुवेदी,अन्तरपार्टी महिला सञ्जालकी निर्मला रिजाल, महिला पैरवी मञ्चका सपना भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, कैलाली उघोग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारी, लुथरन विश्व फेडेरेशनका हरी अवस्थी, संस्थाका सल्लाहकारहरू कल्पना उपाध्याय, भ्वानसिंह चलाउने र रीता मल्ल, विपद व्यवस्थापन राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य जयराज ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Faya-DHn (2)

कार्यक्रममा संस्थाको हालसम्मको गतिविधि प्रस्तुत गर्दै कार्यक्रम निर्देशक धर्म पाठकले फाया नेपाल सामाजिक विश्वविद्यालयका रूपमा विकास भईरहेको चर्चा गरे । उनले सुदूरपश्चिम, बर्दिया र धादिङमा गरी फाया नेपालले विपद व्यवस्थापन, भूकम्प पीडितलाई दु्रत राहत, वन, मुक्त कमैयासहित सिमान्तकृत वर्ग, समुदाय, खाद्य अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षित आप्रवासन, लगायतका क्षेत्रमा कार्यक्रम गरिरहेको बताए ।

हाल ११ वटा परियोजनामा ५१ जना महिलासहित एक सय ३० जना कर्मचारी रहेको उनले बताए । कार्यक्रममा संस्थाको स्थापना तथा विकासमा उल्लेख्य योगदान पुर्याएवापत संस्थापक अध्यक्ष रत्न कट्टेल, फाया मिलेनियम ट्रष्टका संस्थापक बासुदेव गौतम र राधा गौतम, फाया मिलेनियम सामाजिक कोषमा उल्लेख्य सहयोग पुर्याउने होटल डिभोटी, सिद्धार्थ होटल, होटल नवरत्न र वेलकम होटललाई सम्मान गरियो ।

कार्यक्रम संस्थाका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो । संस्थाका सचिव लोकराज भट्टले सञ्चालन गरेको सो कार्यक्रममा गोमा जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।