२३ कार्तिक २०८३, सोमबार

‘आइ एम इन्डियन स्टूडेन्ट’ भनेपछि बाबुरामले अवसर पाएको सनसनीपूर्ण खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

नरेन्द्रजंग पिटर
नरेन्द्रजंग पिटर

काठमाडौं, ११ माघ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिको अन्तरिम परिषद् घोषणा गरेपछि उनका सहपाठी र अत्यन्तै नजिकका साथीहरूले विभिन्न टिकाटिप्पणी गरेका छन् ।

उनका केही साथीले नयाँ शक्तिको संयोजक बनेकोमा शुभकामना दिएका छन् । केहीले जनयुद्धका बेला भएका घटनाको स्मरण गरेर आलोचना गरेका छन् । त्यत्ति बेला बाबुरामले आफ्ना नेता तथा कार्यकर्ता समक्ष गरेका बाचाहरूलाई सम्झिएका छन् ।

यस्तैमा उनका नजिकका साथी एवम् शुभेच्छुक नरेन्द्रजंग पिटर (नुनिन्द्र दुलाल)ले पनि बाबुरामलाई कडा शब्दमा सम्झिएका छन् । पिटर बाबुरामका नजिकका साथी मानिन्छन् ।

नरेन्द्रजंज पिटरले आफ्नो सन्देशमा लेख्छन्, ‘डा.बाबुराम भटटराई (अब त कमरेड रहनु भएन) …. तपाईसँग मैले केही भन्नु नै छ । निजी भेटमा पनि धेरै कुरा भनेको नै थिएँ । तपाईको यात्रामा काढेको ऋण कसरी चुक्ता गरी, सावर्जनिक गर्नु नै छ । यादै होला तपाई अर्थमन्त्री र प्रधानमन्त्री हुँदा….. ‘सुरेस सिंह’ र ‘अथक’सँगै गएर गरेको बेलीविस्तरी र रोदन …… धम्बुझी नेपालगञ्जको आश्रयस्थल याद गर्नु भा छ ? तपाईको पक्षमा लाग्दा प्रताडित कसरी हुनु प¥यो ? सविस्तार कथा लेख्नु नै छ । तपाईले लालझन्डा त्याग्दा, ३५ सेनापति चयन गर्दा मेरा सपनाका हकवाला कति समावेस गर्नु भो ? इतिहासले गर्ने समीक्षा त छदैँछन् । मेरो जमातको घृणा र पराईको हाईहाई तपाईका भविष्यका सम्पत्ति हुने छन् । डा. भटटराई …म तपाईका मात्र दुई जर्नेल लालझन्डाधारी १ बुद्धिजीवीको जनकपुर प्रकरण र अर्काको न्यायाधीश बनाउन लिएको रकम फिर्ताको प्रकरण तपाईका सुद्धताबारे केही प्रमाणसहित भन्नु नै पर्ने हुन्छ । त्यसैले नयाँ शक्तिको अवस्था जगले थाहा पाँउने छन् । तपाई मिडिया सचेत हुनुहुन्छ तर तपाईले मिडियालाई नदिएका उत्तर धेरै छन् । तपाई परिवेशको नायक कि वर्ग दृष्टिकोणले घृणापात्र समयलाई न्याय गर्न दिउँ अहिले । तर, म माक्र्सवाद त्यागेको वा युद्धकालका घटनाबाट जोगिने चतुयाँई सोचौँ की ? प्रभूको आदेशको तामेली ? के हेग यात्राबाट जोगिने छिर्के दाउ र प्रभूभक्ति त यो कतै हैन ?’

Baburamपिटरको यो सन्देशमा थुप्रै कमेन्ट आएका छन् । कमेन्ट गर्नेमध्येका श्यामसुन्दर पन्तले झनै घतलाग्ने र बाबुराम भट्टराईको कालो मुहार बाहिर ल्याइदिएका छन् । श्यामसुन्दरले कमेन्टमा लेखेका छन्, ‘बाबुरामले आइएम इन्डियन स्टूडेन्ट भनेर सही गरी जेएनयूबाट छात्रवृत्ति लिएको झलझली सम्झन्छु ।’

पत्रकार तारानाथ दाहालले पनि आफ्नो कमेन्टमा अगाडि भनेका छन्, ‘पोलखोलाखोल अभियान अगाडि बढोस् । पाप धुरीबाट कराउँछ ।’
जेपी श्यामले पनि कमेन्ट लेख्दै भनेका छन्, ‘जनअदालतले एक दिन बाबुरामसँग हिसाव किताव लिनेछ ।’

बाबुरामले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्नो संयोजकत्वमा नयाँ शक्तिको अन्तरिम परिषद् घोषणा गरेका हुन् ।

एमाओवादी परित्याग गरेर बसेका बाबुरामले विभिन्न दलमा असन्तुष्ट र पूर्व प्रशासक एवम् कलाकारहरूलाई लिएर नयाँ शक्ति बनाएका हुन् ।