२३ कार्तिक २०८३, सोमबार

‘भगवान बुद्ध जस्ता महामानव नेपालमा जन्मिनु हाम्रो लागि गौरवको विषय हो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanal

काठमाडौं, १० माघ । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल सितागु इन्टरनेशनल बुद्धिस्ट एकेडेमी, संघाइग म्यानमारले आयोजना गरेको इन्टरनेशनल बुद्धिस्ट पिस कन्फरेन्समा सहभागी भएका छन् ।

म्यानमारमा माघ ६ देखि सुरु भएर १३ गतेसम्म चल्ने सम्मेलनमा भाग लिँदै नेता खनालले भगवान बुद्ध जस्ता महामानव नेपालमा जन्मिनु हाम्रो लागि गौरवको विषय हो भनेका छन् ।
सम्मेलनमा ५४ देशका २५० जना बिशिष्ट ब्यतिmहरुको सहभागिता छ । सम्मेलनको प्रमुख उदेश्य बिश्वमा शान्ती ल्याउने र द्धन्द निवारण गर्ने साथै अशान्तीलाई शान्तीमा रmपान्तरण गर्ने रहेको छ । सो कार्यक्रमको उद्घाटन म्यान्मारको राष्ट्रपतिले गरेका थिए ।

त्यस अबसरमा पूर्व प्रधानमन्त्री खनालसँग म्यान्मारको राष्ट्रपतिले छुटै भेटघाट समेत गरेका छन् । भेटमा राष्ट्रपतिले नेपालको बारेमा चासो राखेका थिए भने खनालले पछिल्लो राजनैतिक अवस्था, दुइ देशबिच आपसी हित र देशको समसामयिक बिषयमा चर्चा गरे ।

खनाललाई धर्म मामिला मन्त्री, सितांगु इन्टरनेशनल बुद्धिस्ट एकेडेमीको चान्र्सलरले समेत भेट गर्नुभएको खनालका स्बकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

यस्तो छ खनालले नेपालकातर्फबाट सम्मेलनमा गरेको सम्बोधनः

वर्मासँग नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध मात्र होइन जनता जनता विचको आपसी सम्बन्ध छ । अहिले पनि धेरै नेपालीहरु वर्मामा वसोबास गरिरहेका छन् । शीत युद्द सकिए पनि युद्द र बलमिच्याईले विश्वलाई अझै गाँजिरहेको छ । यसबाट मानवजातिले मुक्ति पाउन बुद्धका शिक्षाहरु महत्वपूर्ण छन् । मानवजातिमा देखिएको आशक्ति, स्वार्थ र अहिलेका द्धन्द्धबाट मुिक्त पाउन करुणा, परारथा र पञ्चसीला जस्ता बुद्धका शिक्षा अबलम्बन गर्नु झनै आवश्यक भएको छ । बुद्धका शिक्षाहरु शक्तिसाली छन् र मानवजाति रहेसम्म यिनको महत्व रहने छ । भगवान बुद्ध जस्ता महामानव नेपालमा जन्मिनु हाम्रो लागि गौरवको विषय हो । सत्यको खोजिमा वहाँको यात्राले मानवजातिका लागि गुन लगाएको छ । चाहे जुनसुकै धर्मको होस् बुद्ध शिक्षा ग्रहण गर्ने मानिस मानव भलाईका लागि समर्पित हुने असल मानिस बन्दछ । जुनसुकै धर्मका मानिसहरु भए पनि नेपालमा बुद्धका शिक्षाको गहिरो प्रभाव छ । यसले नेपाली समाजमा सौहार्दता र भाईचारा कायमराख्न मद्धत गरेको छ ।

नेपाल स्थायी शान्ति कायम गर्न र राष्ट्रको नवनिर्माणका लागि सम्बिधान जारी गरेको र हाम्रो सम्बिधान विश्वकै राम्रो मध्येको सम्बिधान हो । नेपालको दक्षिण सीमामा नाकावन्दिका कारण नेपालले मानवीय संकट भोगिरहेको भएता पनि हामी बुद्धका शिक्षा अनुसार नै सहनसीलता अपनाई वार्ताबाट समस्या समाधान गर्न खोजिरहेका छौं । हामी देशमा विद्यमान अविकासलाई सम्बोधन गरी सबै समुदाय र धर्मका विचमा भाईचारा सम्बन्ध कायमराख्न चाहन्छौं ।

हामीले नेपाललाई धर्म निरपेक्ष घोषणा गरे पनि लुम्बिनीलाई विश्व शान्तिको क्षेत्रका रुपमा विकास गर्ने र बुद्धका शिक्षाहरु प्रचार गर्न लागि परेका छौं । नेपाल लुम्बिनीलाई विश्व शान्ति, ध्यान र अनुसन्धानको केन्द्र बनाउन चाहन्छ । लुम्बिनी विश्वविद्यालय र सितागु अन्तराष्टिय बुद्धिस्ट प्रतिष्ठानले अध्ययन अनुसन्धानका क्षेत्रमा ठुलो योगदान गर्न सक्दछ ।

लुम्बिनीलाई केन्द्रमा राख्दै बुद्धिस्ट धामहरु जोड्ने मार्ग विकास गर्न जोड दिन आवश्यक छ । खनाल सम्पूण कार्यक्रम सकेर यहि १४ गते नेपाल फकदै हुनुहुन्छ ।