२३ कार्तिक २०८३, सोमबार

अमेरिकामा शक्तिशाली भूकम्प, नेपालीको अवस्थाबारे जानकारी आउन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

alaska

काठमाडौं, १० माघ । संयुक्त राज्य अमेरिकामा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

नेपाली समयअनुसार अपराह्न ४ बजेर ४४ मिनेट (अमेरिकी समय: विहान ६बजे)मा अमेरिकाको दक्षिणी अलस्कालाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।

उक्त भूकम्पको आधा घण्टापछि ६.८ म्याग्नेच्युडको अर्काे धक्का पनि महसुस गरिएको छ । भूकम्पले करिब ४५ सेकेन्ड सम्म हल्लिएको अलस्का टापु रसियासँग सीमा जोडिएको राज्य हो । उक्त क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

स्थानीय सञ्चारमाध्यममा जनाइएअनुसार मस्तनिन्द्रामा रहेका अमेरिकी नागरिकहरु आफ्ना घरलाई भूकम्पले हल्लाएपछि ब्युझिएका थिए । केही बस्तीहरुमा भूकम्पका कारण विद्युत सेवा अवरुद्ध भए पनि कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन ।

भूकम्पका कारण भौतिक संरचनाको क्षति भएको कुनै खबर आइनसकेको एन्कोरेजको स्थानीय प्रशासनले जनाएको छ । भूकम्पको थप क्षतिको विवरण आउन बाँकी छ । नेपालीको अवस्थाबारे कुनै जानकारी प्राप्त भइसकेको छैन् ।