
काठमाडौं, १० माघ । नयाँ शक्ति नेपालको राष्ट्रिय परिषद घोषणा भएको छ ।
आइतबार राजधानीको बुद्धनगरमा पत्रकार सम्मेलन गरी संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले परिषदको घोषणा गरेका हुन् ।
परिषदमा ३५ जना सदस्य छन् । सदस्यहरुमा चर्चित नायिका करिश्मा मानन्धर, निर्माता तथा कलाकार अशोक शर्मा लगायत रहेका छन् । अमेरिका बसेर केही महिनाअघि स्वदेश फर्किएका चर्चित कलाकार सरोज खनाल यसअघि नै बाबुरामको नयाँ शक्ति अभियानमा लागि सकेका छन् ।
बाबुरामलाई पूर्व एआईजी गणेश राईले पनि साथ दिएका छन् । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गरेकी छिन् ।
जनजाति नेताहरु पासाङ शेर्पा, केशवमान शाक्यलगायतले नयाँ शक्ति अभियानलाई राजनीतिक पार्टीका रुपमा आकार दिन सहयोग गर्दै आएका छन् ।
राजधानी दल निर्माणका लागि आफ्नो नयाँ शक्तिलाई अगाडि बढाएका भट्टराईले आगामी वैशाखमा समाजवादी शब्द राखेर दल घोषणा गर्दैछन् । उनको दलको आलोचना पनि हुँदै आएको छ ।
एमाओवादी छाडेर नयाँ शक्ति गठन अभियानमा लागेका बाबुरामलाई धेरै जसो आफ्नै पूराना पार्टीका नेता तथा कार्यकर्ताहरुले साथ दिएका छन् ।
हेर्नुस् नामावली:













प्रतिक्रिया