
काठमाडौं, १० माघ । भारतले पहिलोपटक आइतबार नेपालको नयाँ संविधानको स्वागत गरेको छ ।
घोषणा भएदेखि नै असन्तुष्टि जनाउँदै आएको भारतले शनिबार संशोधन भएपछि नयाँ संविधान संशोधनको स्वागत गरेको हो ।
भारतीय विदेश मन्त्रालयले आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै हिजो नेपालको संसदले पारित गरेको दुई संशोधनलाई सकारात्मक विकासको रुपमा हामी सम्मान गछौं भनेको छ ।
अगाडि भनिएको छ- हामीलाई विश्वास छ अन्य विषयहरु यसैगरी सम्बोधन हुनेछ । भारतले वार्ता र सहमतिबाटै नेपाल अघि बढोस् पनि भनेको छ ।
तराईमा आन्दोलनरत मधेशी र थारु समुदायको माग सम्बोधन गर्न सरकारले पेस गरेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्र सम्बन्धी संशोधन विधेयकलाई परिमार्जन गरी शनिबार अबेर राति संसदबाट पारित गरिएको थियो ।
संशोधित बुँदामा तराई/मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशीका आधारमा सहभागिता बढाउने विषय उल्लेख छ ।
यस्तो छ संसदबाट पारित भएको संशोधनः













प्रतिक्रिया