काठमाडौं, १० माघ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा राजधानीस्थित विभिन्न देशका राजदूत र कन्सुलरहरुसँग परामर्श गर्ने भएको छ ।
संविधानप्रति असन्तुष्ट बैद्य माओवादीले नेपालको राजनीतिक अवस्थाका बारेमा र आफ्नो पार्टीको गतिविधिका विषयमा राजधानीस्थित कुटनीतिज्ञहरुलाई जानकारी गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो पार्टीलाई अन्तर्राष्ट्रिय जगतको साथ र समर्थन जुटाउने प्रयास स्वरुप बैद्य माओवादीले कन्सुलरहरुसँग छलफल गर्न लागेको हो ।
छलफल ललितपुरको कुपण्डोलस्थित होटेल समिटमा आज दिउँसो १ बजे हुने छन् ।












प्रतिक्रिया